यो दशैंमा मनिग्रामको स्कीम ‘१६ जनालाई दुइ गुणा पैसा दिने’

  २०७४ भदौ १६ गते १४:१९     विकासन्युज

काठमाडौं । विश्वव्यापी र नवीनतम् शैलिमा वित्तीय सेवा प्रदान गर्ने संस्था मनिग्रामले दशैंको उत्सवमा आफ्ना ग्राहकहरुलाई कारोवारको दोब्बर रकम जित्न सक्ने स्कीम ल्याएको छ । दूई महिने विशेष कार्यक्रम देश भरी लागु हुने र यसले ग्राहकहरुले आफ्ना प्रियजनलाई दोब्बर रकम जिताउन सक्ने अवसर दिने जनाएको छ । दुई महिनामा १६ जना भाग्यशाली विजेतालाई पठाएको रकमको दोब्बर पैसा दिने जनाएको छ ।

भारत र सबकन्टिनेन्टल मनिग्रामका प्रमुख शेशगिरी मल्लैस भन्छन्–मनिग्रामको लागि नेपाल एक महत्वपूर्ण बजार हो र हामी प्रत्येक बर्ष विशेष योजनाका साथ दशैं उत्सवसंगै मनाउन एउटा अंग भएर आउँछौं ।

उनी भन्छन्–‘हामी बुझ्छौं परिवार सदस्य बीचको त्यो गाढा सम्बन्ध जसका लागि उनीहरु हाम्रो परिवारको मुहारमा मुस्कान ल्याउन धेरै दुःख गरेर काम गर्दछन् र यो वर्ष उनीहरुले आफना आफन्तलाई घर पठाउने पैसा दुई गुणा बनाउने निर्णय हामीले ल्यायौं । हामीलाई विश्वास छ यसले १६ जना भाग्यशाली विजेताको दशैं दोब्बरखुशी बनाईदिनेछ ।’

यो योजना सेम्टेम्बर १ देखि अक्टुबर ३० सम्म लागू हुनेछ कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.