बर्जर पेन्ट्सको ‘बर्जर रङ्ग म्याजिकल अफर’ शुरु, विजेतालाई रेनल्ट क्वीड कार

  २०७४ भदौ १६ गते १८:४१     विकासन्युज

काठमाडौं । बर्जर पेन्ट्सले एक नयाँ सिजनल उपहार योजना “बर्जर रङ्ग म्याजिकल अफर” शुरु गरेको छ । पेन्ट्सले प्रत्येक वर्ष झैं यस वर्ष पनि ग्राहकको घरलाई यो सिजनमा नगद पुरस्कारहरुले भरिपूर्ण बनाउन उक्त योजना शुरु गरेको हो । यस अभियानको लागि चर्चित नायक अनु्प विक्रमशाही र नायिका स्वस्तिमा खड्का सद्भावनादूत रहेका छन् ।

यस उपहार योजनामा बम्पर उपहारका एकजना भाग्यशाली विजेताले रेनल्ट क्वीड कार पुरस्कार प्राप्त गर्नेछन् । १०० भन्दा बढी विजेताहरुले नगद २५ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । विज्ञहरुको एक निर्णायक मण्डल र सेलिब्रेटीको सम्हले चयन गरेका ५ भिन्न क्षेत्रकाउत्कृष्ट १० वटा रङ्गाइएका घरका घरधनीहरुले नगद १ लाख रुपैयाँसम्म र सानाशहरका २० वटा घरका घरधनीहरुले नगद २० हजार रुपैयाँसम्मनगद पुरस्कार जित्न सक्नेछन् ।

यसैगरी एक्सपि उत्पादनहरु र सेवा खरीद गर्दा ग्राहकले १०० वर्गफिट सिल्कइलुसन डिजाइनर फिनिसका साथै थप पक्का रिवार्ड प्राप्त गर्नेछन् । अन्य प्रमो ब्राण्डका ग्राहकहरुले पक्का रिवाड वापत् १०० वर्गफिट सिल्कइलुसन डिजाइनको अवसर पाउँनेछन् ।

यस उपहार योजनामा सहभागी बन्न ग्राहकले आफ्नो घरको रङ्ग रोगनकार्य शुरु गर्नु अघि टोल फ्रि नं. १६६०–०१–२३४३४(एनटिसी) वा ९८०१५७१००१ (एनसेल) माफोन गरेर अथवा?बर्जरश्र टाइप गरी ३३३७७माएसएमएस पठाएर आफूलाई दर्ता गराउनु पर्नेछ । एकपटक दर्ता कार्य पूरा भएपछि हरेक घरको लागि छुट्टाछुट्ट्ै एक विशेष दर्ता कोड फोन सम्पर्कको समयमावा स्वचालितएसएमएस प्रणाली मार्फत् उपलब्ध गराइनेछ ।

 

साथै जुरीज च्वाइस र पब्लिक च्वाइस (बर्जर फेसबुक पेजमाअपलोड भएका घरहरु मध्ये सबैभन्दा बढी लाइक्स पाउने घर) ले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत दर्ता गर्ने अवधि यही भदौ १५ गतेदेखि मंसिर १५ सम्म कायम गरिएको छ । साथै, घर रङ्गाउने कार्य यही पुष १५ गतेसम्ममा पूरा गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.