महिन्द्राको दशैं तिहार अफरमा सुनदेखि महिन्द्रा एक्सयूभी ५०० सम्म जित्न सकिने

  २०७४ भदौ १६ गते १६:३१     विकासन्युज

काठमाडौं । दशैं–तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ । यस अफर अन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्न सकिने छ ।

यसैगरी, ग्राहकले १५ दिने बम्परमामहिन्द्र मोजो ३०० सिसि अफ–रोड बाइक, इको–फ्रेण्डली बम्परमा महिन्द्रा ई२० र प्रिमियम बम्परमा महिन्द्रा एक्सयूभी ५०० जित्न सकिने कम्पनीले जनाएको छ ।

यो बम्पर अफर बाहेकग्राहकले नाडा अटो शो अवधिभर महिन्द्राको जुनसुकै सोरुमबाट गाडी किन्दा ई२० र महिन्द्रा गस्टो १२५ जित्ने मौका पाउने छन् । साथै, महिन्द्राको स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरी लक्की ड्र बाट महिन्द्रा गस्टो १२५ जित्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर भदौ १३ गते देखि लागू भएको छ । नेपालभर सीमित अवधिको लागिमात्र लागू गरिएको यो अफर महिन्द्रा एक्सयूभी र थारमा उपलब्ध छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.