महशुल नतिर्ने राष्ट्रपति र प्रधानमन्त्रीको बिजुली लाइन काटिन्छ-ऊर्जामन्त्री

  २०७४ भदौ १४ गते १५:२०     विकासन्युज

काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने कसैलाई पनि नछोड्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका क्वार्टर र सरकारी कार्यालयसहित कसैलाई पनि नछाड्ने घोषणा गरेका हुन्।

उनले सो अवधी भित्र बक्यौता नबुझाए सबैको विद्युत लाईन काटिने स्पष्ट पारे । मन्त्री शाहीले भने,“मन्त्रालयले विद्युत वक्यौता नतिर्ने जो कोहीलाई कारवाही गर्ने निर्णय गरेको छ । जसले १० दिनभित्र वक्यौतासहितको महसुल तिर्दैन त्यस्ता मन्त्रालय र घर मालिकको लाइन काटिनेछ, यस कार्यमा कर्मचारीलाई निर्देशन दिएको छु ।”

कर्मचारीले नसके आफै गएर लाइन काट्ने जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आफुबीच कुनै पनि मनमुटाव र मतभेद नभएको स्पष्ट पार्दै उनले भने, “मेरो र निर्देशकज्यू बीचमा कुनै प्रकारको मतभेद छैन, समाचारमा आएको कुरा झुठा छ, म यसैमार्फत सबै जनता र सब पक्षलाई स्पष्ट पार्न चाहन्छु ।”

“हामी मुलुक र जनताको लागि खुट्टा बलिया बनाएर विद्युत उत्पादन वितरण र उज्यालो अभियानमा जुटिरहेका छौ।” उनले भने । गत वर्ष पनि जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि पहिलो काम बिजुलीको महशुल उठाउन जोड दिएका थिए । त्यसबेला प्राधिकरणले करोडौ रुपैयाँ बिजुलीको बक्यौता उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.