गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त

  २०७४ भदौ १४ गते १४:४९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त भएका छन् । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो ।

सोही बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका दिलिपप्रताप खाँडको राजीनामा स्वीकृत गरेको छ । साथै, कम्पनीको सञ्चालक हरिकुमार श्रेष्ठको राजीनामालाई पनि सोही बैठकले स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.