बेलायती ब्राण्ड एमजीको नयाँ कार नेपाली बजारमा, मूल्य ६७ लाख रुपैयाँ

  २०७४ भदौ १२ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपालमा पहिलोपटक बेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी)को नयाँ कार एसयुभी ‘एमजी जिएस’ भित्रिएको छ । सन् १९२४ देखि व्यवसायिक उत्पादन थालेको यो ब्राण्डको गाडी नेपालको आधिकारिक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा ल्याएको हो ।

कम्पनीले यो कारको सुरुवाती मूल्य ६७ लाख रुपैयाँ तय गरेको छ । सोमबार कम्पनीले नयाँ बानेश्वर स्थित नयाँ शोरुमबाट वाणिज्यमन्त्रीद्वारा उद्घाटन गरेको थियो । अहिले नेपाली बजारमा यो कार दुई मोडलमा आएका छन् – १५०० सिसि टर्बो र २००० सिसि टर्बो ।

विश्वबजारमा स्पोर्टस गाडीका रुपमा चर्चा पाएको यो गाडी अहिले चीनमा उत्पादन हुँदै आएको छ । बिट्रिश लेल्यान्ड कर्पोरेशन कम्पनी नानजिङ अटोमोबाइल ग्रुपले सन् २००५ मा किनेको थियो । सन् २००७ मा चीनको सरकारी स्वामित्वको सांघार्इ अटोमोबाइल इन्डस्ट्रिज कर्पोरेशनले यो गाडी चीनमा उत्पादन गँर्दै आएको कम्पनीका सञ्चालक लोक हर्ष शाक्यले बताए ।

१५०० सिसि टर्बो क्षमताको कारको मूल्य ६७ लाख रुपैयाँ रहेको छ भने २००० लिटर टर्बो क्षमताको कारलाई ८२ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । तत्काल बुकिङका लागि कम्पनीले दुई लाखसम्मको छुट दिएको छ । यो योजना दसैंसम्म उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

के के छन् नयाँ फिचर ?

टिएसटी गेयर बक्स (अटोमेटिक) प्रविधियुक्त यो कार युरो भि एप्रुभ्ड रहेको कम्पनीले जानकारी दिएको छ ।

चालकसँगै यात्रुलाई पनि आरामदायी यात्राको लागि नयाँ किसिमको सिट राखिएको छ । यसमा सुरक्षाको हिसाबले पनि उच्च प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । १८५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो कार नेपालको माटो र बाटोलाई सुहाउने किसिमको भएको कम्पनीका सञ्चालक शाक्यले बताए।

यसको १५०० सिसि क्षमताको गाडीले २२० एनएम क्षमताको टर्क प्रदान गर्छ भने २००० सिसिको गाडीको क्षमता ३५० एनएमको टर्क रहेको शाक्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.