ललितपुर मोबाइल एक्स्पो भदौ १६ देखि हुने, मोबाइल खरिदमा ७० प्रतिशत सम्मको छुट

  २०७४ भदौ १२ गते १६:०९     विकासन्युज

ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने भएको छ । कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको एक्स्पो आयोजना गर्न लागेको हो ।

उक्त एक्स्पो यहि भदौ १६ गतेदेखि भदौ २६ गतेसम्म आयोजना हुने भएको छ । कम्प्लेक्समा नै रहेको टेलि इनोभेसन प्रालिको शोरुमको ग्राण्ड ओपनिङ पनि एक्स्पोको शुभारम्भसँगै हुनेछ ।

ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिने ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिईने छ । ग्राहकहरुले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्नेछन् ।

त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

कम्पनीका अनुसार कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।

नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि महान चाडको अवसर पारेर योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.