प्रभु बैंकको सहयोगमा बुढानिलकण्ठस्थित वृक्षारोपण कार्यक्रम सम्पन्न

  २०७४ भदौ ११ गते १८:२०     विकासन्युज

काठमाडौं । प्रभु बैंकको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकास्थित बाँसवारी देखि गणेशचोकसम्म मुल सडकको दायाँ बायाँ दुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लिन एण्ड ग्रीन बुढानिलकण्ठ भन्ने नाराका साथ उक्त कार्यक्रकमको आयोजना गरिएको हो ।

उक्त वृक्षारोपण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धवप्रसाद खरेल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाट्न गरेका थिए ।

कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंक लिमिटेडका कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेलले वृक्षारोपण कार्यक्रमको लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोगप्रति हार्दिकता पुर्वक आभार प्रकट गरेका थिए । वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियाली बनाई पर्यावरण स्वच्छ राख्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.