पीडितलाई राहात र क्षतिग्रस्त संरचना निर्माण जाेड

  २०७४ भदौ ११ गते ८:२४     विकासन्युज

बाढीले तराई–मधेशका अधिकाँश जिल्ला डुवानमा पर्दा त्यहाँ ठुलो धनजनको क्षति भएको छ । बाढीले क्षति पु¥याएको दुई साता बितिसक्दा पनि सरकारी राहत तथा पुनस्र्थापनको काम प्रभावकारी नुहदा सर्वत्र आलोचना भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा चाउचाउ र विस्कुट बाहेक अन्य खानेकुरा नपाएको पीडितले गुनासो गरेका छन् । डुवानले घरमा राखेको सबै अन्नपात नष्ट भएपछि तराईमा भोकमरी बढ्ने देखिएको छ ।

डुवानबाट पीडितलाई बसोबार र खाद्यन्न लगायत भत्केका घर बनाउन सरकारले तत्काल राहत वितरण गर्नुपर्छ । सरकारले मृतकका परिवारलाई २ लाख रुपैयाँसम्म दिने घोषणा गरेपनि पीडितले अझै पाएका छैनन् । बाढी र डुवानमा परी ६० जना बढीको मृत्यु भएको छ ।

बाढी भएको क्षेत्रमा रोगको महामरी र सर्पदंशका विरामीको संख्या बढेको समाचार आएका छन् । महामारी फैलिन नदिन सरकारले अस्थाई स्वास्थ्य क्याम्पको स्थापना गर्नुपर्ने देखिन्छ । बाढीका कारण सर्पको विगविगी भएकाले त्यसक्षेत्रमा पर्याप्त मात्रमा औषधी उपलब्ध गराउन आवश्यक छ ।

यता डुवानले कृषि क्षेत्रमा मात्र ४ अर्ब रुपैयाँ बढी नोक्सान भएको कृषि विकास मन्त्रालयको प्रारम्भीक अनुमान छ । डुवानका कारण धानवालीमा खासै समस्या नभएपनि नदी कटानले क्षति पु¥याएको छ । कृषिले राहतका कार्यक्रम ल्याउने भनेपनि अझै आएको छ । यस्तै १० अर्ब रुपैयाँ भन्दा बढीको पशुपंक्षीमा क्षति पुगेको प्रारम्भीक अनुमान गरिएको छ ।

बाढी र डुवानले सिंचाइ संरचनामा ठुलो क्षति भएको छ । विभिनन सिंचाइ आयोजना क्षति पुगेकाले निर्माण गर्न १२ अर्ब रुपैयाँ बढी लाग्ने अनुमान गरिएको छ । धेरै नहरमा क्षति पुगेको सिंचाइ मन्त्रालयको प्रारम्भीक अध्ययनले देखाएको छ ।

यता पुलमा क्षति भएपछि आसन्न स्थानिय तहको निर्वाचनमा असर पर्ने भन्दै निर्वाचन आयोगले वैकल्पिक पुलको व्यवस्था वा मर्मत गर्न सरकारको ध्यानकर्षण गराएको छ । बाढीले धेरै पुलमा क्षति भएको छ ।

बाढी र डुवानले तराई क्षेत्रमा मात्र १ खर्ब बढीको नोक्सान भएको आँकलन गरिएको छ । यता राष्ट्रिय योजना आयोगले विभिन्न मन्त्रालय मार्फत क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएको छ । आउदो एक साताभित्र क्षतिको सम्पुर्ण विवरण आउने अनुमान गरिएको छ ।

बाढी र डुवानले तराईमा ठुलो धनजनको क्षति हुने भएपछि चालु वर्षमा लिएको आर्थिक वृद्धिदर नै खुम्चिने देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ मा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो ।

तर बाढी र डुबानले १ खर्ब रुपैयाँ बढिको नोक्सानी गरेसँगै प्रक्षेपित आर्थिक वृद्धिदर खुम्चिने देखिएको हो । सरकारका तर्फबाट क्षतिको एकिृत तथ्यांक आएको छ्रैन् । तर कृषि, सिंचाई, पशु पालन लगायतका क्षेत्रमा पुगेको क्षति नै ५० अर्ब नजिक पुगिसकेको छ ।

हालैको निरन्तर मनसुनी वर्षाले सृजना गरेको भूक्षय तथा मुलुकको दक्षिणी भेगमा आएको बाढीले चालु आवमा आर्थिक वृद्धिको परिदृष्यमा अनिश्चितता थपिदिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आवको परिदृष्य सार्वजनिक गरी आर्थिक वृद्धि खुम्चिने संकेत गरेको छ । उसले यसमा कति असर गर्छ भन्ने उल्लेख गरेको छैन् ।

बाढी पहिरो तथा डुवानले मानवीय, पशुपंक्षी, पूर्वाधार तथा उर्वर भूमिमा ठुलो क्षति पु¥याउदा अर्थतन्त्र उत्पादन क्षमतामै प्रतिकूल प्रभाव पार्ने जोखिम देखिएको राष्ट्र बैंकले जनाएको छ ।

ठुलो धनजनको क्षति भएकाले तराई क्षेत्रमा सरकारको बलियो उपस्थिती आवश्यक छ । तराईमा पीडित जनतालाई तत्काल राहत वितरण गरी सडक, पुल, सिंचाइ लगायतका संरचनाको पुननिर्माणको काममा सरकारले अब ढिलाइ गर्नुहुदैन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.