सामसुङका उपाध्यक्षलाई भ्रष्ट्रचारको आरोपमा पाँच वर्षको जेल सजाय

  २०७४ भदौ ९ गते १४:०४     एजेन्सी

विश्वकै ठुलो स्मार्टफोन तथा अन्य विद्युतिय उपकरण निर्माता कम्पनी सामसुङका उत्तराधिकारी ली जेइ योङलाई भ्रष्टचारको आरोपमा पाँच वर्षको जेल सजाय दिइएको छ । सोही भ्रष्टाचार काण्डमा मुछिएका दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हेईले पनि पद गुमाउनुपरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

सामसुङका उपाध्यक्ष लीमाथी राष्ट्रपतिका एक गोप्य सहयोगीलाई सरकारको नीति कम्पनी अनुकुल बनाउनका लागि चार करोड अमेरिकी डलरको घुस दिएको आरोप छ । यसै आरोपमा उनलाई फेब्रुअरी १७ मा प्रहरीले गिरफ्तार गरी जेल चलान गरेको थियो । पक्राउ परेको दोस्रो दिनमा नै उनलाई हत्कडी बाधेर पुछताछ गरिएको थियो ।
अदालतले सामसुङका अन्य चार ठुला पदाधीकारीलाई पनि चार वर्षसम्मको जेल सजाय तोकेको छ । लीलाई सुनाइएको सजायले सामसुङले नेतृत्वमा असर पार्नसक्ने अनुमान गरिएको छ ।

 

को हुन् ली जेइ योङ ?

ली जेइ योङ दक्षिण कोरियाको चर्चित एवं विशाल कम्पनी सामसुङ ग्रुपका उपाध्यक्ष हुन् । ली सामसुङ ग्रुपका प्रमुख ली कुन्हीका छोरा पनि हुन् । करिब आठ अर्ब अमेरिकी डलरका धनी ली दक्षिण कोरियाका तेस्रा धनी व्यक्तिमा गनिन्छन् । सन् २०१४मा फोर्ब्सले उनली विश्वका शक्तिशाली व्यक्तित्वहरुको सूचीमा ३५ औं स्थानमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.