महासंघले सुरु गर्यो राहत वितरण, रौतहट, सप्तरी र धनुषा जिल्लामा पठायो राहत

  २०७४ भदौ ७ गते ९:०२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बाढी प्रभावित जिल्लाहरुमा राहत सामग्री पठाउन थालेको छ । महासंघले खाद्यान्न, त्रिपाल, औषधि,पानी लगायतका राहत सामग्री रौतहटको गौर, सुनसरीको इनरुवा, धनुषाको जनकपुरमा पठाएको हो । महासंघले पठाएका ती राहत सामग्रीहरू नेपाल सरकारको स्थानीय दैवि प्रकोप उद्धार समितिको समन्वयमा महासंघको स्थानीय उद्योग वाणिज्य संघहरूले प्रभावित जनताहरूलाई वितरण गर्ने कार्यक्रम छ ।

३ वटा ट्रक मार्फत पठाइएका राहत सामग्रीहरूमा प्रति ट्रक १ सय २० वटा बक्स रहेको छ भने प्रत्येक बक्समा चामल २५ केजी, दाल ५ केजी, खानेतेल १ लिटर, गरम मसला १ पाकेट, नुन १ किलो, वाईवाई ३० प्याकेट, नेविको विस्कुट २० प्याकेट, सोयाविन १ किलो, डिटोल सावुन १ पिस, लुगा धुने सावुन १ पिस, पियूस पानी शुद्धिकरण १ पिस, चिनी १ केजी, जीवनजल ५ पाकेट, चिउरा ५ केजी गरी प्रतिपरिवारलाई एक महिनाका लागि खाद्यान्न राखिएको छ ।

त्यसैगरी महासंघले रौतहट, सुनसरी र धनुषा जिल्लामा औषधि र एम्बुलेन्स सहितको डाक्टरहरूको टीम समेत पठाइसकेको छ । त्यसैगरी त्रिपाल, लत्ताकपडा समेत ती जिल्लाहरूमा यस अघिनै पठाई सकिएको छ । महासंघ र ब्रोडकाष्टिङ एसोसिएसन नेपालको संयुक्त पहलमा बाढी प्रभावित जिल्लाहरूमा जनचेतनामुलक रेडियो संदेश प्रचार प्रसार गरिनुका साथै सामाजिक संजाल, इमेल, फेसवुट, ट्वीटर, गो फण्ड मार्फत अन्तराष्ट्रिय सहयोग परिचालनमा समेत कार्य भैरहेको छ ।

प्रभावित जिल्लामा महासंघका सदस्य उद्योग वाणिज्य संघहरूले अग्रस्थामा रहेर सहयोग गरीरहेका छन् । महासंघले राहत वितरण कार्यक्रमलाई नियमितरुपमा अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने योजना समेत बनाएको छ । बाढी प्रभावितहरुको सहयोगार्थ प्रभावकारी ढंगले काम गर्न महासंघले महासंघको सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ गठन गरी कार्य गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.