नेपाल स्टक बोक्रर्स एसोसिएसनद्धारा बाढी पीडितलाई १० लाखको आर्थिक सहयोग

  २०७४ भदौ ६ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपाल स्टक बोक्रर्स एसोसिएसन अफ नेपालले तराई मधेशमा गएको बिनासकारी बाढीबाट पीडितहरुको लागि १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । मंगलबार एसोसिएसनले बाढी पीडितहरुको राहतका लागि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सो मात्राको रकम उपलब्ध गराएको हो ।

एसोसीएसनका तर्फबाट अध्यक्ष प्रियराज रेग्मीले उक्त रकम बराबारको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका छन् । यो रकम संघमा आबद्ध सदस्यहरुबाट संकलन गरिएको बोक्रर्स एसोसिएसनले जनाएको छ ।

यस अघि २०७२ साल बैशाखमा गएको महा बिनासकारी भुकम्प पडितहरुहरुको सहयोगार्थ उल्लेख्य नगद तथा जिन्सी समान पनि उपलब्ध गराएको थियो ।

समारोहमा प्रधानमन्त्री देउवाले पिडितहरुलाई एसोसीएसनले गरेको सहयोगको प्रसंसा गरेका छन् । उनले विपतमा परेकाहरुलाई सहयोग गर्ने संस्कार विकास गर्न सके त्यसबाट देश र जनताको हित हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.