ज्योति विकास बैंकले प्राप्त गर्यो राप्तीभेरी विकास बैंक, स्वाप रेसियो १ बराबर १ अनुपात

  २०७४ भदौ ६ गते १२:३७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विसजशन) गरेको छ । बैंकले सोमबार सम्पन्न कम्पनीको एक विशेष साधारणसभाबीच नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको उक्त राप्तीभेरी विकास बैंकलाई प्राप्त गरेको हो ।

साथै, सभाले ७ जना संचालक समिति रहने प्रावधान समेत स्वीकृत गरेको छ । त्यसैगरी, संयुक्त प्राप्ति (एक्विजिसन) समितिबाट निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात १ः१ (एक बराबर एक अनुपात) लाई अन्तिम स्वीकृति प्रदान गर्ने सभाले जनाएको छ ।

उक्त सभाले राप्तीभेरी विकास बैंक प्राप्ति पश्चात प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्झौता पत्र अनुसार ज्योति विकास बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने जनाएको छ । सो बमोजिम विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संसोधन गर्न, हेरफेर गर्न र उपयुक्त ब्यबस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ ।

बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराएको छ । साविक झिमरुक विकास बैंकसंग मर्जर गरी शाखा संजाल ३२ वटा तथा एउटा एक्स्टेन्सन काउन्टर एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउदै आएको छ ।

बैंक आ.व.७३/७४ मा १० करोड ५१ लाख निक्षेप संकलन गर्न र ९ अर्व १३ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको थियो । यस अवधिमा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन सफल रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.