भृकुटीमण्डपमा चलिरहेको छ ‘फर्निचर एण्ड फर्निसिङ’ मेला, कार्पेटमा २५ प्रतिशतसम्म छुट

  २०७४ भदौ ५ गते २०:१०     भुमिका तिमल्सिना

काठमाडौं । आजभोली घरभित्रको सजावटमा फर्निचरको महत्त्व बढ्दो छ । शहरी क्षेत्रमा बढ्दो आधुनिकिकरणसँगै कोठाको सजावटका लागि फर्निचरको सही व्यवस्थापन आवश्यक नै भइसक्यो ।


फर्निचर व्यवसायीले राजधानीको भृकुटीमण्डपमा फर्निचर मेला ‘फर्निचर एण्ड फर्निसिङ प्रदर्शनी’ आयोजना गरेका छन् । गत शनिबारदेखि सुरु भएको मेला पर्सी विहीबारसम्म चल्ने आयोजक नेपाल फर्निचर एण्ड फर्निसिङ एसोसियसनका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।
मेलामा स्वदेशी तथा विदेशी ब्राण्डका फर्निचर एण्ड फर्निसिङका उत्पादन अवलोकन  गर्न सकिन्छ । उक्त मेलामा सोमबारसम्ममा १५ हजारको हाराहारीमा उपभोक्ताले अवलोकन गरिसकेका आयोजकले जानकारी दिए ।
४७ वटा ठुला स्टलहरु रहेको मेलामा ५० हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा रहेको अध्यक्ष अग्रवालले बताए । प्रत्येक वर्ष फर्निचर र फर्निसिङको व्यवसाय १० देखी १५  प्रतिशतसम्म वृद्धि हुने गरेको अग्रवालले बताए । नेपाली उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर संघले वर्षेनी मेला आयोजना गर्दै आएको उनले बताए ।

अग्रवालले भने, “नेपाल कार्पेटमा ८० प्रतिशत तथा म्याट्रेसमा ५० प्रतिशत आत्मनीर्भर भइसकेको छ तर पनि फर्निचर आयात गर्न भने विदेशी नागरिकमा भर पर्नु परेको छ ।” नेपालमा दक्ष जनशक्ति तथा कच्चा पदार्थको अभावले फर्निचर व्यवसाय फस्टाउन गाह्रो परेको उनले बताए ।

काठका फर्निचर उत्पादन गर्ने पेशामा करिब १५ सय परिवारले रोजगार प्राप्त गरेको एसोसियसनको अनुमान छ  ।  नेपाली बजारमा हरेक वर्ष काठका फर्निचरको माग बढिरहँदा पनि स्वदेशी उद्योगले पर्याप्त उत्पादन गर्न सकेका छैनन् । नेपालमा उत्पादन भएका काठका फर्निचरको उत्पादन लागत विदेशी ब्राण्डको भन्दा बढी भएकाले सामान्य उपभोक्तालाई स्वदेशी उत्पादन महङगो लाग्न सक्ने एसोसिएसनका निवर्तमान अध्यक्ष कवीन्द्र जोशीले बताए । उनले भने, ‘ गुणस्तरको तुलना गर्दा आयातित फर्निचर हेर्दा आकर्षक र सस्तो भए पनि टिकाउ भने त्यति हुँदैन ।’ त्यसैले पनि नेपाली उत्पादनको माग हरेक वर्ष बढेको उनले जनकारी दिए ।

उक्त मेलामा हेरिटेज फ्लोरीङ्ग कार्पेटले उक्त कम्पनीको म्याट्रेसको खरिदमा उपभोक्तालाई २५ प्रतिशत छुट तथा अन्य कार्पेटको मुल्य हेरेर छुट दिने व्यवस्था गरेको एच.आर म्यानेजर उमेश ढकालले बताए । त्यसैगरी, क्लासीक इन्ड्रस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत रमेश काफ्लेका अनुसार कुनै पनि उत्पादन भएका वस्तुहरु अन्य कम्पनीको तुलनामा ३० देखी ३५ प्रतिशत छुट दिएर उपभोक्तालाई सन्तुष्टि प्रदान गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.