नेप्से परिसूचक ६ अंकले झर्यो, ५२ करोडको सेयर कारोबार

  २०७४ भदौ ५ गते १५:३६     विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक ६ दशमलब ४० अंकले घटेर १६११ अंकमा झरेको छ । सो दिन परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ ।

बजारमा जम्मा ५२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २७ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन आइतबार बजारमा ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार १५४ कम्पनीको २६ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । १६० प्रतिशत हकप्रद निष्काशन घोषणा सँगै सोमबार कम्पनीको बढी मात्रामा सेयर कारोबार भएको हो ।

बजारमा अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७५ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक समूहको परिसूचक १८ अंकले ओरालो लागेको छ भन् बाँकी समूहको परिसूचक सामान्य अंकले झरेका छन् । अन्य समूहको परिसूचक सामान्य ०.५७ अंकले उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.