बिजुलीको बिल असुल्न छानिए ६ कम्पनी, निःशुल्क महसुल उठाइ दिने

  २०७४ भदौ ५ गते १५:३७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको महशुल असुल्न ६ वटा कम्पनीलाई चयन गरेको छ । बिजुलीको महसुल बुझाउन उपभोक्ताले प्राधिकरणको कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै सोमबार उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले अनलाईन पेमेन्टको आरम्भ गरेका हुन् ।

सुरुमा उपत्यकाका तीन जिल्लामा पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको अनलाईन पेमेन्ट आगामी २ हप्तापछि नै उपत्यका बाहिर पनि विस्तार गरिनेछ ।
पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको अनलाईन पेमेन्टको काम गर्न ६ वटा कम्पनीसँग सम्झौता भैसकेको छ र ती कम्पनीहरुले सोमबारदेखि नै महसुल संकलन थालिसकेका छन् ।

ईसेवा, प्रभु बैंक, सिएफएस रेमिट, पे पोइन्ट नेपाल, महालक्ष्मी विकास बैंक र सिटी मनि ट्रान्सफरले अनलाईनबाट विजुलीको महशुल संकलन आरम्भ गरेका हुन् । हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र । नेपाल क्लियरिङ हाउससँग भने केहि दिनमै सम्झौता हुनेछ ।

यी कम्पनीहरुले पाइलट प्रोजेक्ट अवधीभर सेवा शुल्क बिनै महशुल संकलन गर्नेछन् ।‘अहिलेका लागि उपभोक्ताले पनि सेवा शुल्क तिर्नु पर्दैन भने प्राधिकरणका लागि पनि कुनै आर्थिक भार पर्दैन, पाइलट प्रोजेक्टको सफलतापछि सेवा शुल्कबारे छलफल गर्छाै’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.