सेञ्चुरी बैंकको नाफा ४४ करोड, जगेडा कोषमा एक अर्ब १८ करोड

  २०७४ भदौ ५ गते ८:४०     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकले ४४ करोड नाफा कमाएको छ । गत आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले आफ्नो नाफा ३ करोडले वृद्धि गरेर ४४ करोड पुर्याएको हो । सेञ्चुरीले आव २०७२/७३ मा ४१ करोड नाफा कमाएको थियो ।

बैंकले ४२ अर्ब निक्षेप संकलन गरेर ३९ अर्ब कर्जा लगानी प्रवाह गर्दा ३ अर्ब ११ करोेड ब्याज आम्दानी र १ अर्ब ९८ करोड ब्याज खर्च गरेको छ । ५ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा भने शुन्य दशमलब २२ प्रतिशतबाट बढेर १ दशमलब १५ पुगेको देखिन्छ ।

सेञ्चुरी बैंकको प्रति सेयर आम्दानी ८ रुपैंयाँ २० पैसा छ भने प्रति सेयर नेटवर्थ १२१ रुपैंयाँ ७५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.