२०७४ भदौ ४ गते २०:४० विकासन्युज
काठमाडौं । साउनको अन्तिम साताआएको अविरल वर्षाका कारणले प्रभावित पूर्वी तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले प्रभावितहरुको लागि राहत वितरण गरेको छ ।
बाढीपहिरोले पीडित घर परिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायिक साझेदारहरुले स्थानीय दैवीप्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन् ।
आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल बर्षाका कारण घरबार विहीन हुनपुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गत साउन ३० गते गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि केन्द्रीय तहमा तीन सदस्यीय कार्यदल गठन गरी कार्यालयमा कार्यरत बरिष्ठ अधिकृतहरुलाई सम्बन्धित स्थानमा जिम्मेवारी तोकी पठाइसकिएको छ ।
आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपलेसंस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दैआएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.