कर्जा लिन स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा सस्तो, धेरै कर्जा ७ देखि १० प्रतिशतमा पाइने

  २०७४ भदौ ४ गते ९:००     विकासन्युज

काठमाडौं । कर्जा लिनको लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सबैभन्दा सस्तो बैंक भएको छ । यो बैंकको बेसरेट सबैभन्दा सस्तो देखिएको छ ।

असार मसान्तमा यस बैंकको बेस रेट ६.४७ प्रतिशत छ । बैंकले बेसरेटमा १ प्रतिशतदेखि ६ प्रतिशतसम्म थप गरेर कर्जा लगानी गर्ने गरी नयाँ व्याजदर प्रकाशित गरेको छ ।

बैंकले आईतबार प्रकाशित गरेको व्याजदर अनुसार यस बैंकले वहुराष्ट्रिय कम्पनीलाई बेसरेटभन्दा २ प्रतिशत बढीमा व्याजमा कर्जा दिने जनाएको छ । वहुराष्ट्रिय कम्पनीले बैंकबाट ८.४७ प्रतिशतमा कर्जा पाउने छन् ।

यतिबेला नेपाली बैंकहरुले १३ प्रतिशतभन्दा कममा कर्जा दिन मानिरहेका छैनन् । स्ट्याण्डर्ड चार्टर्ड बहुराष्ट्रिय बैंक हो । यस बैंकले नेपाली बैंकहरुले भन्दा करिव साढे चार प्रतिशत कम कर्जाको व्याज तोकेको छ ।

त्यस्तै सरकारी ऋणपत्र, बैंक ग्यारेन्टी धितो राखेर कर्जा लिनेलाई बैंकले ८.४७ प्रतिशत मात्र व्याज लिने छ । बैंकले सर्टटर्म लोन, डिमाण्ड लोन, इम्पोट लोन करिव ९ प्रतिशतमा दिने भएको छ ।

यस बैंकले घर कर्जा ९.४७ प्रतिशतमा दिने भएको छ । डिप्प्राइड सेक्टर लोन ७.४७ प्रतिशतमा दिने भएको छ ।

बैंकले साधारण बचतकर्तालाई बढीमा २.७ प्रतिशत र तीन वर्ष अवधिको मुद्दतीमा बढीमा ७ प्रतिशत व्याज दिने भएको छ । उल्लेखित व्याजदर भदौं ४ गते आईतबारबाट लागू भएको बैंकले जनाएको छ । बैंकको स्प्रेडदर ५.०१ प्रतिशत रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.