सगुनको दोस्रो चरणको शेयर निस्कासन, क्रेडिट र डेविट कार्डबाट पनि लगानी गर्न सकिने

  २०७४ भदौ ३ गते १५:०४     विकासन्युज

लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निस्कासनको औपचारीक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिटर डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराए ।

शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था समेत मिलाएको हो । यसअघी बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिटर डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो ।

विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताउनुभयो । उनले भने ‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।’

क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले वधाई दिए । पुर्सेलले भने-‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी जुटाउनेरेगुलेसन ए प्लस अन्तर्गतको क्राउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिटर डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन् ।’

सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ । भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्दछ । “सगुनपहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं ।भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं । सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भने ।

औपचारीक घोषणा कार्यक्रममा संस्थापक गिरीले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गरे । उनले भने, ‘बीर गोर्खालीको रुपमा चिनिने बेलायती सेनामा रहेका नेपाली दाजुभाईले संसारमाझ आफ्नो वीरताको पहिचान दिएको गर्विलो इतिहासलाई सम्मान गर्दै गोर्खाली समुदायको माझबाटहामी सगुन लिएर संसारसामु प्रस्तुत भएका छौं ।’

सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको शेयर विक्री गर्दैछ । यस शेयर निस्कासनको पहिलो चरणमा करिव ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागि भएके कम्पनीले जनाएके छ । सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ ।

सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिकीकरण गर्दा पैसा कमाउन सक्ने अवसर प्रदान गर्नु हो । सगुन शब्द संस्कृतको सकुन भन्ने शब्दबाट लिइएको हो जसको अर्थ राम्रो भाग्य वा शुभ अवसर भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु भएको थियो तर पछि २०१४ मा सामाजिक कमर्श प्लेटफर्मको रुपमा विकास गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.