सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्ने, बैंकले दशैंअघि साधारणसभा गर्ने तयारी

  २०७४ भदौ ३ गते १२:५४     विकासन्युज

काठमाडाैं ।  सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । भदौं १ गते बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १,६ लाख रुपैयाँ छ । उक्त पुँजीको १६ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी ११औ साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने बैंकका प्रबक्ता गणेशराज पोखरेलले बताए ।

बैंकले दशैंअघि नै ११औ साधारणसभा गर्ने तयारी भईरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.