ओम डेभलपमेन्ट बैंकलाई ३० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

  २०७४ भदौ २ गते १४:५८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओम डेभलपमेन्ट बैंकलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई साउन ३२ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई ४९ करोड ३१ लाख रुपैयाँ बराबरको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.