औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्स र किंग्स कलेजबीच सहमति

  २०७४ भदौ १ गते २०:३२     विकासन्युज

काठमाडौं । फिनल्याण्डको औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्सले विल्डिङ यूनिभर्सिटी क्यापासिटी टु सपोर्ट विजनेश इन्कम्बिनेशन इन नेपाल परियोजना संचालन गर्ने घोषणा गरेको छ ।

उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुको क्षमता बृद्धि गरी विद्यार्थीहरुले संचालन गर्ने उद्यम तथा ब्यवसायहरुलाई इन्क्युवेट गरी नेपालमा रोजगारी श्रृजनालाई बढावा दिने यस परियोजनाको उदेश्य रहेको छ ।

सन् २०२० सम्म संचालन हुने यस तीन वर्षे परियोजनालाई कार्यान्वयन गर्न औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्सले उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान प¥ुयाइरहेका दुई शैक्षिक संस्थाहरु किंग्स कलेज, कुसोम, योङ इन्नोभेशन प्रा.लि र आईडिया स्टूडियो नेपालसँग साझेदारी थालेको छ । काठमाडांैमा बिहीबारको दिन एक समारोहबीच सो साझेदारी सम्बन्धि ज्ञापनपत्रमा सबै साझेदारहरुले हस्ताक्षर गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.