ट्वाइलेट, क्याण्टिन र रंगमा उर्जा मन्त्रीको चासो, कुलमानलाई १० दिनको अल्टिमेटम

  २०७४ भदौ १ गते १५:३०     नारायण पौडेल

काठमाडौं । ‘नेपाल विद्युत प्राधिकरणका काउण्टरमा ट्वाइलेट छैनन्, उपभोक्ता बस्ने बेञ्च छैन, फोहर फ्याँक्ने डस्टविन छैन, भित्तामा कर्मचारीले पान खाएर थुकेका छन, यो सब के हो ? यो कहिले सुध्रन्छ ?’, उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बिहिबार नेपाल विद्युत प्राधिकरणको ३२ औं बार्षिकोत्सव समारोहमा भने ।

उनी यतिमै रोकिएनन अझै अगाडी बढ्दै भने–ट्वाइटेटमा केमिकल हाल्न नसक्ने, पान खाएर थुकेको भित्तामा रंग लगाउन नसक्ने ? काउण्टरमा पानी राख्न नसक्ने ? अब १० दिन भित्रै म अनुगमनमा आउँछु, त्यतिबेला सफा ट्वालेट, सफा भित्ता र काउण्टरमा खानेपानीको व्यवस्था हुनुपर्छ, नत्र कारवाही हुन्छ ।’
मन्त्रि शाहीले प्राधिकरणका कार्यालयहरुमा प्राय सबै कोठामा क्याण्टिन राखिएको पनि आपक्ति जनाएए । उनले आक्रोसित हुँदै अघि थपे–प्रत्येक कोठामा क्याण्टिन किन चाहियो ? प्राधिकरणको कम्पाउण्डको एउटा कुनामा व्यवस्थित ढंगले क्याटिन राख्नुस, कोठा कोठाका क्याण्टिन हटाउनुस ।’

उनले प्राधिकरणका बारेमा गुनासो गर्न नागरिकका लागि मन्त्रालयले हटलाईन सेवा आरम्भ गर्न लागेको बताउँदै त्यसमा उजुरी आएमा प्राधिकरणका कर्मचारीलाई कारवाही गर्ने चेतावनी पनि दिए ।‘मन्त्रालयमा तीन वटा हटलाइन सेवा आरम्भ गर्दैछौं, त्यसमा नागरिकले गुनासो नगरुन, त्यहाँ गुनासो आउनु भनेको प्राधिकरणका लागि दुर्भाग्यको बिषय बन्छ’, मन्त्री शाहीले भने ।

उनले विद्युतको व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार कायम नहुने भन्दै निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न तयार हुनुपर्नेमा पन िजोड दिए । ‘विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार सधैँ रहदैन, नीजी कम्पनीले २ रुपैंयाँमा बिजुली दिन्छु भन्यो भने प्राधिकरणले प्रतिष्पर्धा गर्न सक्छ ? अब त्यसका लागि तयार भएस बस्नुस ।’, मन्त्री शाहीको भनाई थियो ।

उनले ट्रान्सफर्मर पड्किएको खण्डमा सम्बन्धीत फाँट र कार्यालयका प्रमुखलाई कारवाही गर्ने पनि चेतावनी दिए । ‘अब ट्रान्सफर्मर पड्कियो भने सम्बन्धीत कार्यालयका प्रमुखलाई कारवाही हुन्छ, उनले जिम्मेवारी लिनु पर्छ किन ट्रान्सफर्मर पड्कियो भनेर’, मन्त्री शाहीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.