स्वरोजगार लघुवित्त विकास बैंकको २९ सय कित्ता सेयर लिलामीमा

  २०७४ भदौ १ गते ८:२६     विकासन्युज

काठमाडौं । स्वरोजगार विकास बैंकको २९ सय ८० कित्ता सेयर लिलामीबाट विक्री गरिने भएको छ ।

यो लघुवित्तले गत असार १ देखि साउन ४ गतेसम्म खुला गरेको हकप्रद सेयरमा बिक्री नभएको सेयर लिलामीबाट बेच्ने भएको छ ।

यो लघुवित्तले संस्थापकतर्फको १५ सय ८४ कित्ता र सर्वसाधारण तर्फको १३ सय ९६ कित्ता सेयर लिलामीबाट विक्री गर्ने भएको छ । एक सय रुपैयाँ अंकित यो संस्थाको सेयर आवदेन यही भदौ ८ देखि १६ गतेसम्ममा दिइसक्नु पर्ने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.