अपी पावरले ४८ मेगावाट क्षमताका २ आयोजना बनाउँदै

  २०७४ साउन ३२ गते १४:१६     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४८ मेगावाट क्षमताको दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । साढे ८ मेगावाटको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अपीले ४० मेगावाटको माथिल्लो चमेलिया र ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो नौगाड आयोजना निर्माणधिन अवस्थामा रहेकाले चाँडै सम्पन्न हुदै छ । २ आयोजना सम्पन्न भएपछि अपीको जडित क्षमता साढे ५६ मेगावाट पुग्ने छ । नौगाड र चमेलिया सुदुरपश्चिमको दार्चुला जिल्लामा पर्छ । चेमिलया आयोजनाको संभाव्यता अध्ययनका लागि कम्पनीले ऊर्जा मन्त्रालयबाट सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको छ । यस्तै माथिल्लो नौगाड आयोजना निर्माणधिन अवस्थामा रहेको कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७३/०७४ को वित्तीय विवरणमा उल्लेख छ ।

नाफा घट्यो

गत आवमा कम्पनीको नाफा घटेको छ । गत असारसम्म कम्पनीले ७ करोड ४० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा अपीको नाफा ८ करोड ८ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी बढेर गत आवमा १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको आम्दानी १२ कारोड २० लाख रुपैयाँ थियो ।

अपीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । आयोजना बनाउन अपीले हकप्रद सेयर निष्कासन गरेको छ । अपीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.