सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त

  २०७४ साउन ३१ गते १४:२५     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त भएकी छिन् । कम्पनीको २४६ औं सञ्चालक समितिको बैंठकले बीमा क्षेत्रमा लामो अनुभव हाँसिल गरेकी मानन्धरलाई स्वतन्त्र बिशेषज्ञ सञ्चालकमा नियुक्त गरेको हो । उनले मानविकी संकायमा स्नाकोत्तर उपाधि हाँसिल गरेकी छिन् ।

त्यसैगरि, सञ्चालक समितिको सोहि बैठकले श्रवण रावललाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेको छ । विगत तीन दशकदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव रहेका रावलले भारतको मुम्बइ युनिभर्सिटीबाट बाणिज्य संकायमा स्नातक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.