गलैंचा निकासीकर्ता संघको १२औं साधारण सभा सम्पन्न

  २०७४ साउन ३१ गते १३:१४     विकासन्युज

काठमाडौं । नेपाल गलैंचा निकासीकर्ता संघको १२औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन बाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले गरेका छन् । साथै, मन्त्री विश्वकर्माले उत्कृष्ट गलैंचा निर्यातकर्ताहरुलाई सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले निर्यात व्यवसायीहरुले सरकारले निकासीमा नगद प्रोत्साहन नबढाएको गुनासोका सम्बन्धमा बसेर छलफल गरी बढाउन सकिने बताए । उनले उपलब्धी हासिल गर्न पुरानो शैली बदलेर नयाँ तरीका अपनाउनु पर्छ भने । साथै, अन्तर्राष्ट्रिय बजारले खोजेको नयाँ डिजाइन, रङ्ग आदिका बारेमा हामीले परिबर्तन गर्न नसकेर नेपालीहरु पछि परेको आसंका व्यक्त गरे ।

उनले निर्यातकर्ताहरुलाई आफ्नो निर्यातलाई अभिलेखी करण गरी बास्तबिक मूल्य तोकी निर्यात गर्न अनुरोध गरे । उनले व्यवसायीहरुलाई निर्यात बढाउन के के आबश्यक पर्छ र सरकारले के गर्न जरुरी छ भन्ने सम्बन्धमा आफूलाई सुझाब दिन आग्रह गरेका छन् ।

मन्त्री विश्वकर्माले चीन तर्फ भएको गलैंचा निकासीको तथ्याड्ढले नदेखाएको बताए । चीनसंगको निर्यात व्यापारमा बैकिङ्ग प्रणाली मार्फत भुक्तानी प्राप्त गर्ने झण्झटीलो हुने गर्नाले पनि निकासी व्यापारको आंकडा जति देखिनु पर्ने हो सो नदेखिएको हो उनले भने । नेपाली गलैंचाबाट प्राप्त प्रत्यक्ष वा अप्रत्यक्ष आयले देशको बजेट घाटालाई अझ बढी बृद्धि हुन दिनबाट कही हदसम्म रोकेको छ,”उनले भने ।

कार्यक्रमका अध्यक्ष अनुप बहादुर मल्लले नेपाली गलैंचालाई प्रबद्र्धन गर्न अन्तर्राष्ट्रिय गलैंचा मेलाहरुमा सहभागी हुन निर्यातकर्ताहरुलाई छिमेकी मुलुकका सरकारहरुले दिएका सुबिधा सरह दिनु पर्ने बताए । उनले सरकारले ऐन कानूनहरु नीजि क्षेत्र मैत्रीहुनु पर्ने नीजि क्षेत्रका सुझाबहरुलाई पुरा गर्न नयाँ व्यवस्थाहरु नगरेको होइन तर पुराना ऐन नियममा भएका बाध्यकारी व्यवस्थाहरुलाई चाहिं यथावत राख्नाले नयाँ व्यवस्थाको कार्यन्वयन हुन नसकेको बताए ।

“हामीले दक्षजनशक्ति रोजगारीका लागि बिदेशिने क्रमले गलैंचा क्षेत्रमा मजदुर अभाबका कारण ढुक्क भएर अर्डर लिने अबस्था नभएकाले जनशक्ति तयार पार्न बजेटको व्यबस्थागर्न सुझाब दिंदै आएको फलस्वरुप बाणिज्य मन्त्रालयले यस बर्षको बजेटमा तालीमकालागि बजेट बिनियोजन गराएको छ” मल्लले भने ।

कार्यक्रममा प्रमुख अतिथि बाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माको भनाइ अनुसार संयुक्त राज्य अमेरिकाले नेपाली गलैंचालाई बिना भन्सार अमेरिकी बजारमा प्रबेश गर्ने सुबिधा प्रदान गरेकोमा संघले अमेरिकी सरकारलाई प्रशंसा पत्र दिएको थियो । उक्त प्रशंसा पत्र अमेरिकी राजदुताबासका आर्थिक तथा व्यवसायिक अधिकृत केभिन सि. प्राइसले प्रमुख अतिथिबाट ग्रहण गरेको जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.