चिलिमे हाइड्रोपावरको नाफा साढे ९६ करोड

  २०७४ साउन ३० गते १०:५५     विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपावर लिमिटेडको गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा ३ करोड रुपैयाँ मात्र बढेको छ ।

गत आवमा चिलिमेले ९६ करोड ६३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा ९३ करोड ५५ लाख रुपैयाँ मात्र थियो । खोलामा पानीको वहावमा सुधार आएपछि उत्पादन भएको बढी बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गरिदिएको कारण कुल आम्दानी २.९ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

चिलिमेले सोमबार गत आवको वित्तीय विवरण सार्वजनिक गरी गत आवमा १ अर्ब १९ करोड ६८ लाख रुपैयाँको बिजुली बिक्री गरेको जानकारी दिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी २९ रुपैयाँ थियो ।

अघिल्लो वर्ष १ अर्ब १६ करोड ३१ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । चिलिमेले सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन र तल्लो सान्जेन र १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.