हिमालयन डिष्टिलरीको नाफामा भारी गिरावट

  २०७४ साउन ३० गते १०:४०     विकासन्युज

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा भारी गिरावट आएको छ ।

गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीको नाफा १२ करोड २१ लाख घटेर ३ करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

रोयल ट्रेजर ब्राण्ड लक्ष्यअनुसार बिक्री नभएपछि कुल आम्दानीमा गिरावट आएको हिमालयनले जनाएको छ । यस्तै गोल्डेन ओक ब्राण्डको मदिरा पनि बिक्री कम भएको कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले १ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ । अघिल्लो वर्ष मदिरा बिक्रीबाट १ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बिक्रीबाट हुने आम्दानी झण्डै १८ करोड रुपैयाँ घटेको कम्पनीले सोमबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणमा उल्लेख छ । वित्तीय विवरणअनुसार बिक्री, नाफा, प्रतिसेयर आम्दानी र तरलता अनुपातमा कमी आएको छ ।

नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ मात्र छ । कम्पनीले पछिल्लो समयमा ल्याएका उत्पादन लक्ष्य अनुसार बिक्री हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.