स्मार्ट टेलिकमले पनि दियो बाढी पीडितलाई निःशुल्क फोन सेवा

  २०७४ साउन २९ गते १६:४२     विकासन्युज

काठमाडौं । स्मार्ट टेलिकमले बाढी प्रभावित जिल्लाका पीडितहरुलाई निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएको छ ।

बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएको जानकारी स्मार्ट टेलिकमले दिएको छ । बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि नै स्मार्टदेखि स्मार्टको नेवटर्कमा फोन गर्दा तथा सन्देश पठाउँदा कुनै शुल्क लाग्दैन ।

यसैगरी बारा, पर्सा, रौतहट, चितवन,नवलपरासीलगायतका जिल्लाका ३० विभिन्न स्थानमा निःशुल्क टेलिफोन बुथसमेत राखेको छ । बुथबाट स्थानीय बासिन्दाले आफूले चाहेको स्थान र नेटवर्कमा फोन गर्न पाउनेछन् ।

बाढी पहिरोका कारण टेलिफोन नेटवर्क नभएका स्थानमा सूचना आदान प्रदानका लागि सहयोग पुग्ने अपेक्षा स्मार्टले गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.