वाईवाई नूडल्सले पायो ‘मार्की अवार्ड २०१७’

  २०७४ साउन २९ गते १३:३०     विकासन्युज

काठमाडौं । वाईवाई नूडल्सले भारतको ख्याती प्राप्त ‘मार्की अवार्ड २०१७ प्राप्त गरेको छ । मुंवई मादि एडभरटाईजिङ क्लबद्वारा आयोजित समारोहमा भारतीय वस्त्र, सूचना एवं प्रसारण मन्त्री स्मृती इरानीले उक्त अवार्ड सिजीकर्प ग्लोबल काकार्यकारी निर्देशक बरुण चौधरीलाई प्रदान गरेकी हुन् ।

भारतीय बजारमा आफ्नो सशक्त उपस्थिती बढाउदै जादा वाईवाईलाई उक्त सफलता प्राप्त भएको बताउँदै वाईवाई अहिले भारतीय नूडल्स बजारमा दोस्रो सशक्त ब्राण्ड भएको सीजी कम्पनीले जनाएको छ ।

छोटो समयमा भारतीय उपभोक्ताको मन जित्न सफल यो ब्राण्डलाई भारतमा तिब्र गतिमा विस्तार भईरहेको ब्राण्डका रुपमा लिनुको साथै, हाल वाईवाईले भारतीय नूडल्स बजारको २७ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ ।

अवार्ड वितरणका लागि आयोजित समारोहमा बोल्दै प्रशारण मन्त्री इरानीले अवार्ड विजेता वाईवाईलाई बधाई दिइन् । वाईवाईले भारतका अन्य चर्चित ब्राण्डहरूसँगको प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्दै अवार्ड जित्न सफल भएको कम्पनीको दाबी छ ।

‘वाईवाईलाई विश्वब्यापी प्रतिष्ठित ब्राण्ड बनाउने हाम्रो प्रयासमा माक्र्यू अवार्डबाट थप हौसला प्राप्त भएको जानकारी दिइएको छ । यसको श्रेय म सम्पूर्ण वाईवाईका उपभोक्ताहरूलाई दिन चाहान्छु’, कार्यकारी निर्देशक बरुण चौधरीले भने ।

वाईवाई अफ्रिका, मध्यपूर्व र एसियाका विभिन्न ठाउँहरूबाट उत्पादनगर्ने योजना कार्यान्वयनमा भएको चौधरी ग्रुपले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.