एतिहासिक दरबार हाई स्कुल जिर्ण, कहिले सकिन्छ पुनःनिर्माण ?

  २०७४ साउन २९ गते १३:३२     भूमिका तिमल्सिना

काठमाडौं । नेपालको पहिलो विद्यालय दरबार हाई स्कुल भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि जिर्ण अवस्थामा छ । स्कुलको अझै पुननिर्माण हुन सकेको छैन ।

राणा कालमा स्थापना भएको स्कुल एक जमानामा चर्चित थियो । भुकम्पपछि स्कुल हेर्न पनि लायक नरहेको अवस्था छ । उक्त स्कुलमा विद्यार्थीको संख्यामा पनि कम हुँदै गएको छ । भूकम्प अघि ४८० को हाराहारीमा विद्यार्थीको संख्या थियो तर भूकम्प पछि विद्यार्थीको संख्या घटेर ४ सय को हाराहारीमा छ ।

विद्यार्थीको संख्या यसरी नै घट्दै जाने हो भने स्कुल इतिहासमा मात्रै सिमित नरहला भन्न सकिन्न । स्कुलको भवन यति सम्मको जिर्ण अवस्थामा छ की विद्यार्थीहरु ट्रसमा बसेर पढ्न बाध्य छन् ।

स्कुलका विद्यार्थीलाई दिइने सेवा सुविधा सरकारले व्यहोर्दै आएपनि भौतिक संरचनामा नै समस्या आएपछि विद्यालयमा विद्यार्थी घट्दै गएर इतिहासमा मात्र ‘एउटा विद्यालय थियो रे !’ भन्ने अवस्था आउन लागेको स्कुलका शिक्षक बताउछन् । चीन सरकारले स्कुल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

स्क’लको संरचना भत्किएको ३ वर्ष भयो तर अहिलेसम्म पुनःनिर्माणको कार्य अघि बढेको छैन । चीनले उक्त स्कुलको माटो परिक्षण २ महिना लगाएर गरिसके पनि पुननिर्माणको काम भने असोजदेखि सुरु हुने स्कुलका सहायक प्रधानाध्यापक अखिलेस आजाद बताउछन् । सहायक प्रधानाध्यापक आजातको भनाइ अनुसार पुननिर्माणको कार्य सम्पन्न गर्नको लागि चीनले डेढ वर्षको समय सीमा तोकेको छ ।

उक्त विद्यालय पुननिर्माण गर्न २५ करोड रुपैयाँ बढी लाग्ने उनले बताए । स्कुलले एतिहासिक रुपमा नेपाली तथा संस्कृत विषयलाई प्राथमिकतामा राखेकोमा पछिल्लो समयमा सरकारले नर्सरीदेखी कक्षा ४ सम्म अनिवार्य रुपमा अंग्रजी माध्यमबाट पढाई हुँदै आएको छ । कक्षा ५ देखी १० सम्मका विद्यार्थीले भने आफुलाई इच्छा लागेअनुसार नेपाली अंग्रेजी दुइवटैै माध्यमबाट पढ्न पाउने व्यवस्था छ । संस्कृत विषय भने एच्छिक विषयमा समावेस गरिएको छ ।

उक्त स्कुलमा एनसीपी भन्ने संस्थाले गरीब तथा प्रभावित विद्याथीहरुलाई सहयोग गर्दै आएको छ । कापी, कलम, तथा खाजा प्रदान गर्दै आइरहेको छ । सरकारको स्वामित्वमा चलेको विद्यालय हुनाले प्राय गरेर निःशुल्क शिक्षा मात्र नभएर छात्रवृत्ति समेत प्रदान गरेको छ। यति सबै हुँदाहुदै पनि उक्त स्कुलमा विद्यार्थीको संख्यामा भने कमी देखिएको आजाद स्वीकार्छन ।

निजी स्कुललाई पनि सरकारले नै स्वीकृति दिएर चलाएको हुन्छ तर सरकारी स्कुलको तुलनामा विद्यार्थी निजी स्कुल बढी मात्रामा जाने गरेको पाइन्छ । “सरकारी विद्यालयमा पनि शुल्क लाग्ने भए दुबै स्कुलको महत्व रहनुको साथै सरकारी विद्यालमा पनि विद्यार्थीको कमी हुने थिएन” उनी भन्छन् “अहिलेकै अवस्थामा स्कुल रहिरहने हो भने सो स्कुल लोप नै भएर जान्छन् ।”

स्कुलमा कक्षा ३ मा पढ्ने सुष्मा रसाइलीलाई किन यो विद्यालय पढेको ? भनेर प्रश्न गर्दा उनी भन्छिन् “ यहाँ निःशुल्क पढाइ हुन्छ, कुनै-कुनै किताब मात्र किने पुग्छ त्यसैले, राम्रो लाग्छ ।’ त्यसैगरी, सोही स्कुलका कक्षा ९ मा पढ्ने जीतु सुनार भन्छन् ‘भवन भत्किएको हुनाले विज्ञानको प्रयोगात्मक परीक्षण गर्न भने भवनको माथिल्लो तलामा जान पर्ने हुन्छ तर सो तलामा जान सकीने अवस्था छैन ।’

भवनको जिर्ण अवस्थाले विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिन्छ । अतः समयमा नै पुनःनिर्माणको कार्य अघि बढे मात्र दरबार हाई स्कुल आफ्नो अस्तित्वमा आउला भन्न सकिन्न ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.