प्रधानमन्त्रीको भ्रमणमा विगतका सहमति कार्यान्वयन प्राथमिकतामा ः राजदूत उपाध्याय

  २०७४ साउन २८ गते १५:५४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ ।

ललितपुरमा आज आयोजित साक्षात्कारमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भने, “विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा रहेका छन् त्यो हेर्ने, पुनरावलोकन गर्ने तथा हुन सक्ने कुरालाई अलमल नगरी कार्यान्वयनमा लैजाने विषयमा गम्भीरतापूर्वक छलफल गरिनेछ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला उठाइने र सहमति हुने विषयवस्तुको कार्यसूचि बनाउने अन्तिम चरणमा रहेको बताउँदै भारतको तर्फबाट राजनीतिक तहमा भ्रमणप्रति ठूलो सद्भाव रहेको आफूले पाएको जानकारी दिए ।

अरुण तेस्रो, माथिल्लो कर्णाली र पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउन सकियो भने मुलुकको विकासमा कायापलट हुने बताउँदै उनले भने हाम्रो तर्फबाट कार्यसूची टुंग्यायाैं अरुण तेस्रोको शिलान्यास दुवै प्रधानमन्त्रीबाट हुनुपर्छ भन्नेमा सामाजिक र राजनीतिक तहबाट बल पु¥याउन आवश्यक छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.