खाडी पठाउन ६० प्रतिशतको सेटिङ एयरपोर्टबाटै, घरेलु कामदार खसी बोकाझै विक्री

  २०७४ साउन २५ गते ७:०७     विकासन्युज

काठमाडौं । खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदरामध्ये ६० प्रतिशतको सेटिङ त्रिभुवन विमानस्थलबाट हुने गरेको तथ्य संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मंगलबार सार्वजनिक गरेको छ ।

समितिद्धारा चार महिनाअघि गठित खाडी मुलुकको स्थलगत अनुगमन निरिक्षण उपसमितिले आफ्नो प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो ।

बाँकी ४० प्रतिशत भारतका विभिन्न सहर, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै उपसमितिले खाडीका मुलुुकमा घरेलु कामदारको खसी बोकाभै वित्री हुने गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.