दुई चुनाव एकै मितिमा गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको सुझाव

  २०७४ साउन २३ गते १८:२३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकै पटकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भएको भेटमा चुनावी खर्च कम गर्न र तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दुवै चुनाव एउटै मितिमा गर्ने गरी तयारी थाल्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले निर्वाचन सम्वन्धी दुई ऐन संसद्मा पारित हुने चरणमा अघि बढेको र क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने भन्दै निर्वाचन तयारीमा लाग्न आयोगलाई आग्रह गरेका हुन् ।

निर्वाचन आयोगका पदाधिकारीहरूले भने दुवै चुनाव एकैपटक गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा राखेका छन् । तर समय कम भएकाले उक्त मेसिन खरिद गर्ने प्रक्रिया, मेसिन प्रयोगको लागि मतदाता शिक्षालगायतका काम गर्न सकिने कि नसकिने भन्ने विषयमा प्रधानमन्त्रीले प्रश्न गरेका थिए ।

निर्वाचन आयोगका पदाधिकारीहरूले मतदातालाई ‘राईट टु रिजेक्ट’ को अधिकार दिने कि नदिने भन्ने र विदेशमा रहेकालाई पनि मत दिन पाउने प्रावधानका विषयमा पनि जिज्ञासा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.