अस्थायी र राहतका २१ हजार युवा स्थायी शिक्षक बन्दै, ९ हजार पुरानैलाई पनि अवसर

  २०७४ साउन १८ गते ७:३१     विकासन्युज

काठमाडौं । अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् ।

एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औल्याउँछन् ।

तर त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफल्तापुर्वक सम्पन्न हुनु अनिवार्य छ ।

आयोले बर्षौदेखि अस्थायी रुपमा कार्यरत शिक्षकलार्य स्थायी गराउन भदौ ३ मा आन्तरिक परीक्षा लिँदैछ ।

अस्थायी शिक्षकले भने आन्दोलन गर्ने  शिक्षक सेवा आयोगले थालेको अस्थायी शिष्कलार्य स्थायी गराउने प्रक्रियाको विरोध गर्दै अस्थायी शिक्षकले भने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारले शिक्षा ऐनमा व्यवस्था भएअनुसार परिक्षा वा सुविधा रोज्न दिँदा पनि ०६१ पछि नियुक्ति पाएका शिक्षकले दुबै अवसर दिनुपर्ने माग राखेका छन् ।कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.