११ बर्षमा कार्यकर्तालाई बाँडियो चार अर्ब, प्रचण्ड सरकारले बाढेको मात्रै १७ करोड

  २०७४ साउन १८ गते ७:०४     विकासन्युज

काठमाडौं । सरकारमा सहभागी दलहरुले आथिृक सहायता नाममा आफ्ना नेता तथा कार्यकर्तालाई बर्षिक करोडौं रुपैयाँ वितरण गरी राज्यकोषको दुरुपयोग गरेको छ ।

दोस्रो जनआन्दोलनपछि बनेका सरकारले आर्थिक सहायताको नाममा कार्यकर्तालाई रकम बाँड्दै आएको देखिन्छ ।

२०६३/०६४ देखि २९७३/०७४ सम्मका ११ बर्षमा सरकारमा सहभागी दलले करिब ४ अर्ब रुपैयाँ आर्थिक सहायता नाममा कर्मचारीलाई वितरण गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको पूर्ववर्ति सरकराले निर्वाचन आचारसंहिताको धज्जी उठाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यक्तिलाई जथाभावी पैसा बाडेको खुलासा भएको छ ।

उनले पदबाट राजीनामा दिएपछिको एकैदिनमा पाँच सय ३५ जनालाई ३ करोड ७८ लाख रुपैयाँ आर्थिक सहमायता दिने निर्णय गरेका छन् । प्रचण्ड सरकारको नौ महिने कार्यकालमा मात्रै १७ करोड रुपैयाँ बाडेर सकिएको पनि उल्लेख छ । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.