पशुपति क्याम्पसमा अखिलको ताला बन्दी

  २०७४ साउन १४ गते ११:२२     विकासन्युज

काठमाडौं । एमालेको भातृ संगठन अनेरास्ववियुले पशुपति बहुमुखी क्याम्पसमा ताला बन्दी गरेको छ । क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर सुधारमा गरेका पुर्व सहमति कार्यान्वयन नगरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला बन्दी गरेको हो । अनेरास्ववियुका क्याम्पस कमिटीका सचिव तथा आन्दोलन संघर्ष समितिका संयोजक ललिन्द्र राईले ११ बुँदे माग पुरा गराउने पुर्व सम्झौतालाई क्याम्पस प्रमुखले पुरा नगरेकाले ताला बन्दी गरेको बताए ।

क्याम्पसको आर्थिक कारोबार बैँकिङ प्रणालीबाट हुनुपर्ने, प्रशासन तीन सत्र (बिहानी,दिवा,रात्री) मा संञ्चालन गरिनुपर्ने, प्राज्ञिक वातावरणको लागि दक्ष, अनुभवी प्राध्यापकहरुको व्यवस्था गरिनुपर्ने लगायतको माग राख्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

‘तालाबन्दी हाम्रो रहर होइन बाध्यता हो, क्याम्पस प्रमुखले विद्यार्थीका पक्षमा कुनै काम नगरेपछि ताला बन्दी गर्न बाध्य भयौं’,राईले भने । अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्य कक्षमा साउन १२ गतेदेखि ताला बन्दी गरेको हो । क्याम्पस प्रमुखको ताला बन्दी गरेपनि पठन पाठनमा भने कुनै असर पर्न नदिएको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.