बिनोद ढकालले ल्याए “भ्यालेन्टिनो” नामको पप गीत नेपाली बजारमा

  २०७४ साउन १० गते १७:३४     विकासन्युज

काठमाडौं । बिनोद ढकालले आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युव मार्फत रिलिज गरेका छन् ।

“उकालीमा पनि हजुर मोटर जाँदो रैछ”,”मर्छु किक्या हो गाँजा तानी तानी”, “भ्रुम-भ्रुम” लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि “बाजेले गितार बजाको बज्यै नाच्न लजाको” बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् ।

यसपटक बजारमाल्याएको भ्यालेन्टिनो बोलको गीतमा उनलाई मिना सिंहले फिमेल भोकलमा साथ दिएकी छन् । मालालिम्बु र सुनिलश्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको बताइएको छ ।

अहिले बजारमाल्याएको भ्यालेन्टिनोले यस अघिका गीतभन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए ।

२०६१ साल देखि गायन क्षेत्रमा हात हालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, कुुन्ठा लगतायत दर्जन बढी फिल्ममा र्याप, पप लगायतका स्वर र संगीत दिइसकेको पनि जानकारी दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.