कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने

  २०७४ साउन ८ गते १७:२१     विकासन्युज

कठमाडौं ।कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने भएको छ ।  सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई यूल्लेन्स स्कुललेअमेरिका भ्रमणमा लैजान लागेको हो ।

यूलेन्स स्कूलमा अध्ययनरत ४२  विद्यार्थीहरुलाई जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा लेजाने बताईएको छ । भ्रमणमा रहेका विद्यार्थीले न्यू योर्क, ओरल्यान्डो, मियामी, वासिंटन डिसी लगायत स्थानको भ्रमण गराउने जानकारी उक्त जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त भ्रमणको मुल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृती जान्ने अवसर प्रदान गर्ने गरेको बताइएको छ ।

विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथ सोनियन म्यूजियम अफ नेशनल हिष्ट्रि, यूएन हेडक्वाटर, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवलोकन गर्ने जानकारी दिइएको छ ।

ओशो ट्राभल्ससंगको सहकार्यमा सन् २०१७ का लागि विश्वकै सर्वोत्कृष्ट एयरलाइन घोषित कतार एयरवेज मार्फत भ्रमण दल अमेरिका घुम्ने एयरवेजले जनाएको  छ ।

कतार एयरवेजसंग आफ्ना विद्यार्थीलाई नयाँ स्थान र नयाँ ज्ञानका लागि भ्रमणमा लाने क्रममा स्मरणिय एन फ्लाइट प्रदान गर्न पाउँदा यूल्लेन्स स्कूल अत्यन्त प्रशन्न रहेको विद्यालयले जानकरी दिएको छ ।

कतार एयरवेजले न्यू योर्क, एट्लान्टा, वासिंटन डीसी, बोस्टन, सिकागो, हुस्टन, डल्लास, मियामी, लस एन्जेलस, फिलाडेल्फिया गरी १० शहरमा दैनिक उडान भर्ने गरेको एयरवेजले जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.