ओलाङचुङगोलामा आयो चीनबाट मोटर, पहाडि भूभागमा पनि ७ महिनामै २१ किमि सडक बनायो चीनले

  २०७४ साउन ७ गते ८:१८     विकासन्युज

ताप्लेजुङ । चीनको सिमाना टिप्ताला भञ्ज्याङ हुँदै ल्याइएको ताप्लेजुङको विकट भेग ओलाङचुङगोलासम्म जोडिएको छ । सडक निर्माणमा दुइ तिहाई बढी लगानी यहीँ जन्मेर बाहिर बस्दै आएकाले गरेका छन् । ३ कहरोड हाराहारीमा खर्च भएको सडकका लागि २ करोड ५० लाख रुपैयाँ बालुङ समाजले जुटाएको हो ।

निर्माण भइरहेको सडकको फाइल तस्बि

ओलाङचुङगोला सिमा प्रहरी चौकी छेउसम्म ट्रयाक खुलेपछि शुक्रबार चीनबाट दुईवटा स्काभेटर, एउटा लोडर र तेल बोक्ने ट्यांकर  आइपुगेका छन् ।

निर्माण थालेको सात महिनामै चिनियाँ नेपाली पहाड छिचोलेर ओलाङचुङगोलाको वस्तीसम्मको२१ किमि सडक बनाइदिएका हुन् ।

३ करोड हाराहारी खर्च भएको सडकका लागि २ करोड ५० लाख रुपैयाँ वालुङ समाजले जुटाएको हो । त्यसका लागि सबै गाविस र संसद विकसा कोषका तर्फबाट थप ५३ लाख खर्च भएको उपभोक्ता समिति अध्यक्ष छेतेन बालुङ ले बताए ।

यसअघि उत्तर दक्षिण लोकमार्ग आयोजनाले ८ लाख रुपैयाँ खर्च गरेको थियो । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.