६ दिनमा राजधानीका खाल्डा ६ ठाउँमा पनि पुरिएन, ढिलाइ किन ?

  २०७४ साउन ७ गते ७:१९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ६ दिन बित्यो । निर्देशनको समयसीमा सकिन अब नौ दिन बाँकी छ । बितेका ६ दिनमा ६ ठाउँमा पनि खालडा पुरिएको देखिँदैन । समस्या ज्युका त्युँ छ ।

खाल्डा पुर्ने जिम्मेवारी आएका तीन निकायका सचिवले पर्याप्त जनशक्ति परिचालन गरेको देखिन्न । एकदुई ठाउँमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो झारा टार्ने शैलीको छ ।

जमलचोक र थपाथली माइतिघर, चावहलि चुच्चेपाटी सडक खण्डका केही ठाउँमा मात्रै ग्राभेल ओच्छ्याईको छ ।

कतैकतै खाल्डा पुर्न माटो मात्रै राखिएको छ । जसले सडक झन हिलाम्य बनाउने र सवारी फस्ने समस्या थपिएको टाफिक प्रहरी बताउँछन् । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.