स्प्राइटद्धारा प्रोमो अभियानका बिजेताहरुको घोषणा, बिजेताले जिते ग्यालेक्सी जे टू प्रो

  २०७४ साउन ६ गते १८:३२     विकासन्युज

काठमाडौँ । स्प्राइटद्धारा प्रोमो अभियानका बिजेताहरुको घोषणा भएकाे छ । प्रत्येक दिन ८ घण्टासम्म, सामसुङ ग्यालेक्सी जे२ प्रो जित्ने भाग्यशाली बिजेताहरुको नाम घोषणा हुदै आइरहेको छ ।

भाग्यशाली बिजेताहरुको नाम घोषणा दैनिक रुपमा कान्तिपुर च्यानलको कल कान्तिपुर तथा सगरमाथा टेलिभिजनको प्ले स्टोर कार्यक्रममा हुँदै आइरहेको छ । आजको दिनसम्म ३०० भन्दा बढि भाग्यशाली बिजेताहरुले सामसुङको ग्यालेक्सी जे टू प्रो जिति सकेका छन् ।

कोका-कोला नेपालले जेठ २७ गतेदेखि घोषणा गरेको नयाँ प्रोमो यहि साउन १४ गतेसम्म संचालन हुनेछ । यो प्रोमो अन्तर्गत हरेक घण्टा १ सामसुङ ग्यालेक्सी जे२ प्रो लगायत अरु थुप्रै आकर्षक उपहार जित्ने मौका प्रदान गरेको छ ।

यो अफरमा सहभागी हुनको लागि ग्राहकहरुले लेवलपछाडिको युनिक कोडलाई एसपी स्पेस युनिक कोड टाईप गरि ३७७२२ मा एस. एम. एस गर्नुपर्ने छ । प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म लक्की ड्र गरि हरेक घण्टा १ बिजेता छानिने छ । ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने छ । यो अफर बिना स्टक पनि उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.