रियल स्कूलअफ नेपालद्धारा नवौं क्षेत्रिय प्रतिस्पर्धा सम्पन्न

  २०७४ साउन ६ गते १८:१४     विकासन्युज

काठमाडौं । रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत नवौं क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा मध्यमाञ्चलको वीरगञ्जमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय जि.एच.पि.सेकेण्डरी स्कूल घोषित भएको छ । यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

विगत दुई वर्षदेखि शुरुवात गरिएको २५ हजार रुपैयाँ बराबरको छात्रवृत्तिलाई यसपालि पनि निरन्तरता दिंदै स्कुलले दुई जना आर्थिक स्थिति कमजोर भएका प्रभावशाली विद्यार्थीहरु नसिर हुसैन(छात्र) र कविता तामाङ्ग (छात्रा) लाई प्रदान गरेको छ । यसैगरी अरु बाँकी क्षेत्रहरुमापनि छात्रवृत्ति प्रदान गर्ने स्कुलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.