नेप्से ५२ अंकले उक्लियो, चार अर्ब ७३ करोडको सेयर कारोबार

  २०७४ साउन ६ गते १६:५७     विकासन्युज

काठमाडौं । यस साता नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.०८ अंकले बढेर ३४७.४५ अंकमा आईपुगेको छ ।

त्यस्तै, बजारमा चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । कारोबार रकम गत साताको भन्दा १२.७२ प्रतिशत बढी हो । गत साता चार अर्ब २० करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए ।

यसैगरी बजारमा व्यापार समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६४१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ८१, बैंकिङ ४०, विकास बैंक ४६ र उत्पादनमूलक समूहको परिसूचक ५८ अंकले उकालो लागेका छन् ।

यस साता कारोबार रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.