युरोपियन युनियनको कालोसूचिबाट हट्दै नेपाली बायुसेवा कम्पनी

  २०७४ साउन ६ गते १५:४१     विकासन्युज

काठमाडौं । युरोपियन युनियनको कालोसूचिबाट नेपाली बायुसेवा कम्पनीहरु हट्ने भएका छन् । अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संस्था (आइकाओ) को टोलीले गरेको सेफ्टी अडिट नेपालका बायु सेवा कम्पनीहरुले आधारभुत स्तर पारे गरेपछि कालोसूचिबाट हटेका हुन् । आइकाओले कालोसूचिबाट हटाएपछि इयुले पनि हटाउने सम्भावना रहन्छ ।

इयुको कालोसूचीमा एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स थिए। इयुले नेपाल बाहेक अफगानिस्तान, कङ्गो, अंगोला, इन्डोनेसिया, लाइवेरिया, मोजाम्विक, सिरियालियोन, इरान, इराकका बायु सेवा कम्पनीलाई कालोसूचिमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.