सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना अन्तर्गत बीमा रकम भुक्तानी

  २०७४ साउन ६ गते १४:१७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँमा नवढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिने छ ।

यस बैंकका निक्षेप ग्राहक महादेव लाल देवकी छोरी, परमेश्वर देव वैश्यकी श्रीमती, विसहरिया-४, सप्तरी निवासीे श्रीमती मालती देवी वैश्यको सडक दुर्घटनामा परी निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत मृतकको नाममा यस बैंकको न्यूरोड शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात १ लाख ४९ हजार २९१ रुपैयाँ बराबरको रकम हस्तान्तरण गरियो । उक्त रकम बराबरको चेक बैंकका न्यूरोड शाखाका शाखा प्रबन्धक प्रितमलाल श्रेष्ठद्धारा मृतकका श्रीमान परमेश्वर देव वैश्यलाई हस्तान्तरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.