सिप्रदी ट्रेडिङ्द्धारा ‘टाटा मार्कोपोलो अल्ट्रा’ बसको उद्घाटन, भोलिदेखि नै संचालनमा

  २०७४ साउन ५ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपालको लागि टाटा गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले टाटा मोटर्स् लि.द्वारा उत्पादित ‘मार्कोपोलो अल्ट्रा एलपीओ’ बसको औपचारिक संचालन गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै कम्पनीले ‘मार्कोपोलो अल्ट्रा एलपीओ ७.५टी ३४ एस’ का १० थान बसहरु सिप्रदी ट्रेडिङ्को ईटहरी शाखाको हिमशिखर यातायात एण्ड ट्राभल टुर्स् प्रा.लि. लाई औपचारिक साँचो हस्तान्तरण गरि उद्घाटन गरेको छ ।

नेपाल अधिराज्यभर व्यवसायी तथा सर्वसाधरण यात्रु वर्गबाट अत्यन्तै रुचाइएको लोकप्रिय एलपीहओ अल्ट्रा मार्कोपोलो बस नेपालको पूर्वी भेगमा ठूलो संख्यामा संचालित छ ।

यो गाडी साउन ६ गतेदेखि विराटनगरबाट काँकडभित्ता र धरानबाट काँकडभित्तासम्म सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । हिमशिखर यातायात एण्ड ट्राभल टुर्स्का अध्यक्ष मनोज कुमार प्रधानका अनुसार यस गाडीमा सिसी टिभी क्यामेरा, डेष्टिनेशन बोर्ड, एलईडी टिभी, यूपीएसका साथै अन्य सुविधाहरु रहेको बताएका छन् । अहिलेको प्रतिस्पर्धी समय र यात्रुवर्गको इच्छा चाहनालाई मध्यनजर गर्दै निश्चित एवं तोकिएको समयमा गन्तव्य सम्म पुर्याइने र यात्रुवर्गलाई शिष्ट र मर्यादित व्यवहार गरिने उनले बताए ।

उक्त साँचो हस्तान्तरण कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिओओराजेश प्रसाद गिरीले सिप्रदीको उद्देश्य गाडी बिक्री गर्नु मात्र नभई बिक्री पछिको सेवा सुविधा उपलब्ध गराई उच्च ग्राहक सन्तुष्टी हाँसिल गर्नु रहेको बताए । त्यस्तै, उनले गाडीहरुलाई कुनै पनि बेला अफ रोड हुन नदिन र छिटो भन्दा छिटो गाडीको मर्मत गरि संचालन गराउनु रहेको छ बताए । साथै उनले गाडीलाई चाहिने आवश्यक स्पेयर पार्टस्हरु सधैं सर्वत्र उपलब्ध गराउने प्रतिबद्धता कम्पनीको रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.