सडक विस्तारमा घर भत्किँदैछ ? चिन्ता नमान्नुस अब क्षतिपुर्ति बढ्दैछ

  २०७४ साउन ५ गते १६:१६     नारायण पौडेल

काठमाडौं । के काठमाडौं उपत्यका भित्र सडक विस्तारका क्रममा आफ्नो घर भत्किने चिन्ताले तपाईलाई सताईरहेको छ ? यदि त्यसो हो भने चिन्ता हटाइदिनुस, किनकी अब भत्किएका घरहरुको क्षतिपुर्ति रकम वृद्धि हुँदैछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तारका क्रममा भत्काईने घरहरुको पुननिर्माणका लागि पुग्ने गरि क्षतिपुर्ति वृद्धि गर्न तयारी अघि बढाएको छ ।

साउन मसान्तभित्र क्षतिपुर्तिको नयाँ दर लागु गर्ने तयारी भैरहेको प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले बताए ।‘भत्किएका घरहरुको पुननिर्माण गर्न पुग्ने गरि क्षतिपुर्तिको दर बनाउने गृहकार्य अघि बढेको छ, साउन मसान्त अघि नै नयाँ दर कार्यान्वयनमा ल्याउँछौं’, प्राधिकरणका विकास आयुक्त तिवारीले विकासन्युजसँग भने ।

हाल प्राधिकरणले प्रति वर्ग फुट २६ सय रुपैंयाँ क्षतिपुर्ति दिँदै आएको छ ।‘अहिले प्रतिवर्ग फुट २६ सय रुपैंयाँ दिने व्यवस्था छ, कन्ट्याक्टर लगाउँदा र रास कट्टी गर्दा १८ सय जति पनि हातमा पर्दैन, त्यसले भत्किएको घर बनाउनै नपुग्ने अवस्था देखेपछि दर बढाउने अभियानमा लागेका हौं’, तिवारीले भने । उनले क्षतिपुर्ति रकम कति वृद्ध हुन्छ भन्ने चाँही एकिन नभएको स्पष्ट पारे ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका जन निर्वाचित प्रतिनिधीहरुले सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिँदै तिवारीले भने–जनप्रतिनीधिले सडक विस्तारमा सघाउँछु भनेका छन र क्षतिपुर्ति दर बढाउनुपर्ने माग छ । तिवारीका अनुसार हालसम्म उपत्यकाका तीन जिल्लामा ३५० किलोमिटर सडक विस्तार सम्पन्न भएको छ ।

सोमध्ये २६३ किलोमिटर काठमाडौंमा, ५७ किलोमिटर ललितपुरमा र ३० किलोमिटर भक्तपुरमा सम्पन्न भएको हो । काठमाडौंमा १०० किलोमिटर, ललितपुरमा २० किलोमिटर र भक्तपुरमा १० किलोमिटर सडकमा विस्तारका लागि चिनो लगाएर राखिएको पनि उनले बताए । प्राधिकरणले काठमाडौंमा ४०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा १३० किलोमिटर गरि कुल ६३० किलोमिटर सडक विस्तारको योजनामा अनुसार काम गरिरहेको छ ।

हालसम्म सडक विस्तारकै क्रममा क्षतिपुर्तिका लागि मात्रै २ अर्ब ९४ करोड खर्च भएको तिवारीले जानकारी दिए । सो रकममध्ये ७५ प्रतिशत रकम घरको क्षतिपुर्तिमा लागेको पनि उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.